
२०७७।०४।१८ गते
जिल्ला समन्वय समितिका प्रमुख एवम नदिजन्य पदार्थको अनुगमन तथा समन्वय समिति दोलखाका संयोजक श्री डबल पाण्डेज्यूको अध्यक्षतामा उत्त समितिको बैठक बसि तामाकोशी नदिको विभिन्न स्थानमा वर्षा याममा र रातीको समयमा अवैध तवरले नदिजन्य पदार्थ गिट्टी, ढुङ्गा तथा बालुवा उत्खनन भैरहेको भन्ने सुचना प्राप्त भैरहेकोले सो नदीमा बाढी आएर मानविय तथा भौतिक क्षति हुने खतरा महसुस भएकाले नदिजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिका पदाधिकारीहरु बाट त्यस्ता क्षेत्रको अनुगमन गरि कानुन विपरितका त्यस्ता कार्य भए गरेको पाइए कार्वाहीका लागी उपयुक्त समय मिलाएर स्थलगत अनुगमनमा जाने निर्णय गर्दै सम्पन्न भएको छ