
मिति २०७७/१२/२३ गते
नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्री माननिय पार्वत गुरुङज्यूको प्रमुख आतिथ्यतामा जिल्ला समन्वय समिति दोलखाको पाँचौ जिल्ला सभा देहायका निर्णय गर्दै सम्पन्न भएको छ।
निर्णयहरुः-
१. सुचना तथा अभिलेख केन्द्र स्थापना र सञ्चालन सम्बन्धी कार्यविधि २०७७, स्वीकृत गर्ने।
२. साविकको जिल्ला विकास समितिको मौज्दात कोषको रकम स्थानीय तहहरुमा बाँडफाँड गर्ने निर्णय भएकोमा ३ वटा स्थानीय तहहरुले प्राप्त गरिसकेको तथा यसै कोषको सम्बन्धमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मिति २०७७/१२/१६ को पत्र मार्फत हाललाई कर्मचारी कल्याणकारी कोष बाहेकका अन्य सबै कोष अर्को निर्णय नभएसम्मका लागि रोक्का राख्नु भनीअनुरोध गरिएको अवस्थामा रोक्का फुकुवा भए पश्चात जिल्ला समन्वय समितिको मौज्दात कोष सञ्चालन निर्देशिका २०७५ को व्यवस्था वमोजिम अन्य स्थानीय तहहरुलाई वाँडफाँड गर्ने सम्बन्धमा जि.स.स.दोलखालाई अधिकार प्रत्यायोजन गर्ने।
३. स्थानीय तहहरुले आ.व. ०७८/७९ को नीति तथा कार्यक्रम तर्जुमा गर्दा गौरवका आयोजना तथा प्राथमिकता प्राप्त आयोजनाहरुको “आयोजना बैंक” बनाउने।
४.यस आर्थिक वर्ष भित्र दोलखा जिल्लाका सबै स्थानीय तहहरुले आ-आफ्नो पालिकाको “पालिका प्रोफाइल” तयार गर्ने।




