
२०७७/०५/३० गते
जिल्ला समन्वय समिति दोलखाका प्रमुख एवं जिल्ला शिक्षा समिति दोलखाका अध्यक्ष श्री डबल पाण्डेज्यूको अध्यक्षतामा, जिल्ला स्थित स्थानीय तहका प्रमुख/अध्यक्षज्यूहरु, प्रमुख जिल्ला अधिकारीज्यू, सुरक्षा निकायका प्रमुखज्यूहरु, सम्पुर्ण स्थानीय तहका शिक्षा शाखा प्रमुखज्यूहरु लगायतको उपस्थितिमा दोलखा जिल्लाका सम्पुर्ण स्थानीय तहहरुमा कोरोना भाईरस(कोभिड-१९) रोकथामका लागि स्वास्थ्य सुरक्षाका सम्पुर्ण मापदण्डहरु अपनाउदै प्राथमिक तहका सिकाइ केन्द्रहरुमा सिकाइ सहजिकरण गर्ने र आधारभुत तथा माध्यमिक तहहरुलाई २०७७ आश्विन ७ गतेदेखि विद्यालयमा पठनपाठन सुचारू गर्ने निर्णय गर्दै सम्पन्न भएको छ।