
मिति २०७८/०५/१४ गते
जिल्ला समन्वय समिति दोलखाको छैठौ जिल्ला सभा सम्पन्न भएको छ।
जिल्ला समन्वय समिति दोलखाका प्रमुख श्री डबल पाण्डेको अध्यक्षतामा, पुर्व मन्त्री एवं प्रतिनिधी सभा सदस्य माननीय पार्वत गुरुङको प्रमुख आतिथ्यतामा, प्रतिनिधी सभा सदस्य माननी शान्ती पाख्रिन, पुर्व मन्त्री एवं सभा प्रदेश शभा सदस्य माननीय सरस्वती बस्तेनको विशेष आतिथ्यतामा, जिल्ला सभाका सदस्यहरु, पुर्व जि.वि.स. सभापती उपसभापती,प्रमुख जिल्ला अधिकारी, पत्रकार, दोलखाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयका प्रमुखहरुको समुपस्थितिमा सो सभा सम्पन्न भएको हो।
आ.व. ०७८/७९ को वार्षिक कार्ययोजना, १७ बुंदे साझा प्रतिवद्धता , १७ बुदे साझा प्रस्ताव, आ.व. ०७८/७९ को वार्षिक बजेट, नौ बुदे निर्णय पारित गर्दै जिल्ला समन्वय समितिको कार्यालय दोलखाका उत्कृष्ट कर्मचारीहरु र चरिकोट प्रादेशिक अस्पतालका डा. विनोद दङ्गाललाई सम्मान गर्दै छैठौ जिल्ला सभा सम्पन्न भएको छ।


















