
२०७७/०६/१३ गते
जिल्ला समन्वय समिति दोलखाको आयोजनामा दोलखा जिल्लामा रहेका गैरसरकारी संघ/संस्थाहरुको असल अभ्यास तथा सिकाई आदान प्रदान एक दिवसिय गोष्ठी कार्यक्रम सम्पन्न भएको छ।



जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेज्यूको अध्यक्षतामा भएको उक्त बैठकमा
जिल्लाका १५ वटा संघ संस्थाका प्रतिनिधिहरुले संस्थाबाट सञ्चालन भएका गतिविधिहरु, असल अभ्यास र सिकाईबारे प्रस्तुतीकरण गरेका थिए। ।
कार्यक्रममा ग्रामीण पुर्ननिर्माण नेपाल, हुराडेक नेपाल दोलखा, ग्रामीण विकास टुकी संघ दोलखा, तयार नेपाल, सुआहारा परियोजना, सिविन नेपाल, तयार नेपाल, सेवक नेपाल, ग्रामीण उद्यम विकास केन्द्र, आवाज नेपाल, वान हार्ट वर्ल्डवाइड, भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल, नेपाल रेडक्रस सोसाईटी दोलखा शाखा, अपाङ्ग तथा दृष्टिविहिन समुदाय सेवा संघ, एम एस लेडिज, नाम्सालिङ सामुदायिक विकास केन्द्र लगायत ३३ वटा संस्थाका प्रतिनिधिहरुले सहभागिता जनाएका थिए ।